बहिरा नागरिकको क्षमता बृद्धि गर्न जोरायल गाउ पालीकामा तिन दिने तालिम सुरु ‌

तेजु ओली/डोटी: स्थानीय तहका सेवा सुबिधामा समान पहुँच पुर्याउने हिसाबले जोराएल गाउँ पालिकामा गाउँ पालिकाका बहिरा नागरिकलाई तिनले दिने क्षेमता अभिबृद्धि तालिम सुरु गरिएको छ ।

आज एक कार्यक्रमका बीच जिल्ला बहिरा संघ डोटी को आयोजना तथा गाउँ पालीका का को आर्थिक सहयोग मा गाउँ पालिका का ६ वटै वडाका बहिरा हरुलाइ तालिम दिन सुरु गरिएको हो । उक्त कार्यक्रम बोल्दै गाउँ पालिका का उपा अध्यक्ष जमुना बोहराले सरकारमा सबैको बर्ग जात जाति भाषा लगायतले प्रतिनिधित्व हुने उदेश्य सहित अपाङ्गता भएका ब्यक्तिहरुको माग के छ ।

Sayalb

भन्ने थाहा पनि नहुने भएकाले उनिहरुको भाषा बुझ्न सकिय बजेट बिनियोजन गर्ने पनि सजिलो हुने उहाले बताउनु भयो।

उक्त कार्यक्रम को अध्यक्षता डोटी बहिरा संघ का सदस्य योगेन्द्र बोगटी ,प्रमुख अतिथी गापा अध्यक्ष दुर्गा दत्त ओझा,बिशिस्ट अतिथी गापा उपाध्यक्ष जमुना बोहरा रहनुभएको थियो।

गाउँ पालिका भरिका बहिराहरुको उपस्तिथि रहेको छ।उक्त कार्यक्रम १५ गते सम्म संचालन हुनेछ उक्त कार्यक्रम मा कान नसुन्ने र बोल्न नसक्ने बहिराहरुलाई अक्षर चिन्न सान्केतिक संवाद गर्न सजिलो हुने कारण उक्त तालिम दिइएको छ।उक्त तालिम बाट सान्केतिक रूपमा नेपाली भासा पहिचान हुने जनाइएको छ।

Shaileshwori
Loading...