नेकपा (एमाले) डोटी जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न

प्रेम नेपाली /डोटी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी डोटीको विस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा ९एमाले० डोटी जिल्ला कमिटी अध्यक्ष चक्र मल्लको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले भित्र चलीरहेको आन्तरिक विवादलाई सहज परिस्थितिमा ल्याउन मदत पुर्याउने उद्देश्य बोकेर पार्टी लाई एकताबद्ध बनाउन दबाब दिने , जनबर्गिय सङ्गठन लाई सुदृढीकरण बनाउने र कोरोना भाइरसलाई बिशेश मध्यनजर गरेर पार्टी पङ्तिले आवस्यक सहयोग गर्ने र आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधि हरुलाई कोरोना भाइरस न्यूनीकरणमा बिशेश जोड दिन आग्रह गर्ने, जिल्लाका सबै पालिकाहरुमा सङ्गठ बिस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै बिस्तारित बैठक सम्पन्न भएको नेकपा ९एमाले० जिल्ला कमिटी डोटीका अध्यक्ष चक्र मल्लले बताए ।
बिगत २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको अवस्थामा सबै ठाउँमा संयुक्त रुपमा कमिटीहरु निर्माण गरिएको र अहिले त्यो अवस्था कायम नरहेकोले सबै कमिटीहरु अस्तब्यस्थ रहेकोले आगामी दिनमा नेकपा एमालेको तर्फबाट सबै ठाउँमा कमिटी निर्माण गर्नुपर्ने अवस्था रहेको अध्यक्ष मल्लको भनाई रहेको थियो ।आफू नेकपा (एमाले) पार्टी एकताबद्ध बनाउन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको र पार्टी एकताको लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए ।

नेकपा एमाले डोटी जिल्लाका पुर्व सचिव तथा संविधान सभा सदस्य हर्क बहादुर सिंहले अहिले केन्द्रमा अध्यक्ष केपी शर्मा ओलिले पार्टी भित्र निरङ्कुसता लाद्ने काम गरेकोले त्यो कार्य सरासर नेकपा एमाले पार्टीको विधि बिधान बिपरित रहेको जिकिर गरे । आफुहरु पार्टी बिरोधि नभएको बरु पार्टीभित्र रहेको गलत प्रवृत्तिका बिरुद्ध लडिरहेको बताए । र आफुहरु डोटीका लागि आधिकारिक भएका कारणले हामिबाट बाहिर रहेको समुहलाई समेत पार्टीभित्र आउन आग्रह गरे ।
नेकपा एमाले डोटी जिल्लाका उपाध्यक्ष दुर्गादत्त ओझाले आफूहरु यस जिल्लाको सातौ अधिवेशन बाट क। चक्र मल्लको नेतृत्वमा आधिकारिक रुपबाट निर्वाचित भएर आएको हुँदा अब अर्को अधिवेशन नहुदा सम्म अहिले जिल्लामा देखिएको कुनै समुह वा ब्यक्तिको पछाडी कसैले पनि नलाग्न आग्रह गर्नुभयो । र नेकपा ९एमाले० को सुर्य चिन्ह भित्र कसैले पनि ग्रहण लगाउने अधिकार नभएको उनको भनाई थियो ।
बैठकमा आफ्नो मन्तव्य राख्दै जिल्ला कमिटी सदस्य तेज बहादुर डुम्रेलले नेकपा एमालेको आन्तरिक मतभेदका कारण पार्टी संकटको अवस्थामा पुगेको बेलामा सम्पुर्ण विबेकशिल नेता कार्यकर्ताहरुको दबाबमा पार्टी एकताबद्ध बनाउनु बाहेक अरु विकल्प नरहेको बताए । र हामि माझ दोस्रो चरणको कोरोना भाइरस पुगिसकेकोले हामी र हाम्रो समुदाय अझै संकटमा डुब्छकी भन्ने त्रास फैलिरहेको बेलामा नेकपा एमाले डोटी जिल्लामा रहनु भएका सम्पुर्ण नेता कार्यकर्ताहरुले कोरोना भाइरस सम्बन्धि आफ्ना गतिविधिहरु पनि अगाडि बढाउनु पर्ने र कोरोना भाइरस लाई न्यूनीकरण गर्न गाउँ (गाउँमा सन्देश दिनुपर्ने साथै पार्टीको तर्फबाट पत्रपत्रिका, रेडियो मार्फत भएपनि समुदाय स्तरमा सन्देश पुर्याउनु पर्ने बताए ।
बैठकमा बोल्दै जिल्ला कमिटी सदस्य सहदेव खातीले पार्टीमा कुनै किसिमको डरलाग्दो भयावह अवस्था नरहेको तर एउटा बिरुवा फल खानको लागि लगाइएको हुन्छ वा मानिसलाई सितल दिन्छ भनेर लगाइएको र मानिसलाई अक्सिजन जस्तो महत्वपूर्ण चिज दिनका लागि लगाइएको हुन्छ , त्यसै गरि घर विभिन्न किसिमको असुरक्षा बाट जोगिनको लागि बनाइएको हुदा नेकपा एमालेले पनि आफैले लगाएको बिरुवा आफैले काटेर दाउरा बनाउन नहुने र आफैले लगाएको घर भत्काएर आफै असुरक्षित नहुन पार्टीका सबै नेताहरूलाई आग्रह गरे ।
बैठकमा नेकपा एमालेका जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।
