दलित सशक्तिकरण सम्बन्धमा ब्याबस्था गर्न बिधेयक २०७७ उपर राय सुझाब लिनको लागि छलफल

तेजु ओली/डोटी: सुदुरपश्चिम प्रदेश को दलित सशक्तिकरण सम्बन्ध मा ब्याबस्था गर्न बनेको बिधेयक २०७७ उपर राय सुझाब लिनको लागि छलफल र अन्तरक्रिया गरिएको छ । आज जिल्ला सदरमुकाम सिलगढी मा रहेको जिल्ला समन्वय समिति डोटी को सभाहलमा विषय बिग्य र सरोकारवाला निकाय संग छलफल गरिएको छ।

उक्त बिध्यक मा पाच वटा परिक्षक २१ वटा दफा रहेका छन । दफाहरु मध्ये जातिय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव को प्रभावकारी कार्यान्वयन को लागि आवश्यक सहयोग सहजिकरण गर्दै अभिनय सन्चालन गर्ने , जातिय छुवाछुत र भेदभाव विरुद्ध प्रदेश भित्रका सबै वडाहरुमा सचेतना मुलक कार्यक्रम सन्चालन गर्ने लगायतका प्रस्ताव हरु राखिएका छन ।

Sayalb

कार्यक्रम का सहभागी कृष्ण बिकले डोटी मा अझैपनी ग्रामीण क्षेत्रमा जातको बिभेद रहेनुमा सरकाले बनाएको निलम कानुनको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो।सबै सरकारी निकायमा नागरिक वडा पत्र जस्तै जातिले बिभेद गरमा कस्तो कस्तो कानुनी कार्वाही हुन्छ भनेर राख्नु पर्ने माग राख्नु भयो।

त्यतै सामाजिक बिकास समिति का सभापति कुन्ती जोसीले सुदुरपश्चिम प्रदेशले बनायको विधेयकले जनस्थर सम्म पुग्ने गरी काम गर्ने बताउनुभयो ।दलित भित्रै पनि बिभेद भएकाले त्यो समस्या लाइ समाधन गर्न पनि अन्तरजातीय बिबाह गर्ने लाइ प्रतोसाहन गर्ने कार्यक्रम ल्याउने बताउनुभयो।

उक्त छलफल कार्यक्रम जिल्ला समन्वय समिति डोटी का उप प्रमुख ससि सोप को अध्यक्षतामा , सामाजिक बिकास समिति का सभापति कुन्ती जोसीको प्रमुख अतिथि रहेको थियो। कार्यक्रम मा जिल्ला का दलित अधिकार कर्मी बिभिन्न दलित प्रतिनिधी को सहभागिता रहेको थियो।

Shaileshwori
Loading...