स्थानीय सरकारको छाउपडी प्रथा बिरुद्धको रणनीतिक अभियान योजना निर्माणमा इडिसी
डोटी: स्थानीय सरकारको छाउपडी प्रथा बिरुद्धको रणनीतिक अभियान योजना निर्माणमा सम विकास केन्द्र (इडिसी) नेपालले योजनाको थालनी गरेको छ ।
डोटि जिल्लाका बिभिन्न स्थानीय तहहरुमा छाउपडी प्रथा मान्ने मान्छेको संख्यामा कमि नआएकाले यो हानिकारक कुप्रथा नियन्त्रणको लागि सबै स्थानीय तहहरुले लाग्नु पर्ने ईडिसि नेपालकी फिल्ड अफिसर मिना आउजिले बताउनु भयो। यस्ता कु(प्रथा हामीले बनाएका सोचले नै छाउपडी मान्दै आएकाले छाउपडी प्रथा हटाउनको लागि गोठ भन्दा पहिला सोच भत्काउनु पर्ने आउजिले बताउनु भयो।
छाउपडी प्रथा मान्ने मानिसको संख्या पहिलाको जस्तै नभए पनि अझै यहाँका समुदायले मान्दै आएको उहाले बताउनु भयो ।नेपालको संविधामा छाउपडीजन्य कु प्रथा मान्नु कानुनी रुपमा अपराध भयकाले यो प्रथा हटाउनको लागि सबैले आ आफ्नु ठाउबाट पहल चाल्नुपर्ने उहाँले बताउनुभयो ।
धर्मामा बढि विस्वास गर्ने, सामाजिक रिती नै हो की भन्ने यहाँका समुदायको सोच भएकाले जनचेतना फैलाउन तर्फ जोडदिनु पर्ने,दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बिष्टले बताउनुभयो।
कुनै गोष्ठि कार्यक्रममा जतिसुकै छलफल भएता पनी बाहिर गईसके पछि कसैले पनि गर्नु पर्छ भनेर नलागेको कारण अहिलेसम्म छाउपडी प्रथा मान्दै आएका अध्यक्ष बिष्टले बताउनुभयो ।
बिध्यालय स्तर देखि नै बिगत देखि नै नगरपालिकाले छाउपडी जन्य प्रथाजन्य कु(पर्था हटाउनको लागि बिभिन्न कार्यक्रम गर्दै आएको यस नगरपालिकाले आगामी दिनमा पनि यो प्रथा न्युनिकरणको लागि दिपायल सिलगढी नगरपालिकाले पहल चाल्ने प्रसासकिय अधिकृत गणेश बहादुर भण्डारीले बताउनुभयो ।
आगामी दिनमा छाउँपडी प्रथा नियन्त्रणका लागी रणनीतिक योजना दिपायल सिलगढी नगरपालिकाले बनाउनुपर्ने बिषयमा छलफल भएको ईडिसि नेपालीले जनाएको छ ।
सम बिकास केन्द्र (ईडिसी) नेपालको आयोजना र याक्सन एडको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।