डोटी निशेधाज्ञा नजिक : सक्रिय संक्रमितको संख्या एक सय ९७ पुग्यो

Sayalb

डोटी जिल्लामा सक्रीय संक्रमितको संख्या १ सय ९७ जना पुगेको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परिक्षण गरिएको ५७ नमुना मध्य ४४ जना पोजेटिभ देखिएको जिल्ला अस्पताल डोटीका प्रयोगशाला प्रमुख सौरभ श्रेष्ठले जानकारी दिनु भएको छ ।
जिल्ला अस्पताल सिलगढीमा गरिएको पिसिआर ४४ जना, एन्टीजिनबाट गरिएको परिक्षणमा जोरायल गाउँपालिकामा ६ जना, केआईसिंह गाउँपालिकामा ३ जना गरी सोमबार मात्र ५३ जना थपिएका हुन । यस भन्दा पहिला एक ४४ जना संक्रिय संक्रमित रहेको डोटीमा ५३ जना थपिएसंगै सक्रीय संक्रमतिको संख्या एक सय ९७ पुगको हो ।
जोरायल गाउँपालिकामा संक्रमित हुनेहरुमा २ जना स्वास्थ्यकर्मी र ४ जना कर्मचारी रहेको जोरायल गाउँपालिकामा स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिनु भएको छ ।
डोटी जिल्लामा संक्रमितको संख्या १ सय ९७ पुगेसंगै निशेधाज्ञा जारी हुन सक्ने सम्भावना बढेको छ । सक्रीय संक्रमितको संख्या दुई सय पुगे लगत्तै स्थानीय प्रशासनले निशेधाज्ञा गर्न सक्ने छ ।
निशेधाज्ञा बारे छलफल गर्नका लागी जिल्ला कोभिड–१९ ब्यबस्थापन समितिको बैठक बस्ने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...