बुडरमा दश जना कोरोना संक्रमित


जोरायल गाउँपालिका वडा नं.२ छतिवन बुडरमा १० जनामा कोरोना भाईरस कोभिड– १९ देखिएको छ । २१ जनामा गरिएको एन्टिजिन परिक्षणमा १० जना पोजेटिभ देखिएका छन् । जोरायल स्वास्थ्य इकाईले गरेको परिक्षणमा ६ पुरुष र ४ महिनामा पोजेटिभ देखाएको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिनु भएको छ । संक्रमित मध्य दुई जना स्वास्थ्यकर्मी समेत रहेका छन् ।
