पुर्बीचौकीमा भाइरल रुघा ज्वरोका बिरामी बढ्दै, सरोकारवाला भने मौन
डोटी: पछिल्लो समयमा टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने, लगायतका लक्षण सहितका भाईरल रोगका बिरामी गाउँमा पनि देखा पर्न थालेको छन्। जिल्लाको पुर्बीचौकी गाउँपालिका प्राय सबै वडाहरुमा यस्तो खाले लक्षणका बिरामी देखा पर्न थालेका त्यहाँका स्थानीयले बताएका छन्।
गाउँमा दर्जनौं हिसाबले दिनहुँ बिरामी थला परिरहेका छन् । भाईरल रुपमा फईलिन थालेपछि कोरोना हो कि भन्ने दुबिधामा त्यहाँका स्थानीय छन । यधपी उक्त ठाउँमा आज सम्म कुनै पनी बिधिबाट कसैको पनि कोरोना परिक्षण गरिएको छैन् ।
दैनिक जसो दर्जनौं टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने, लगायतका लक्षण सहितका बिरामी स्वास्थ संस्थामा आउने गरेका पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ का स्वास्थ प्रमुख भक्त ओलीले बताउनु भयो।
कोरोना परिक्षण गर्ने कुन पनी किसिमको बिधि उपलब्ध नहुदा सामान्य किसिमका औषधी दिएर घर पठाउनु गरेको प्रमुख ओलिले बताउनु भयो।
कोरना संग मिल्दोजुल्दो लक्षण सहितका बिरामी दिनहु स्वास्थ संस्थामा आयता पनी कोरोना परिक्षण किट अभावको कारण आज सम्म चेकजाँच हुन नसकेको पुर्बिचौकी गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पाठकले बताउनुभयो ।
जनताको स्वास्थ सुरक्षामा स्थानीय सरकारको प्रमुख भुमिका रहनुपर्ने बेला गाउँपालिका तथा अन्य सरोकारवाला निकायबाट प्रभावकारी रुपमा पहल हुन नसक्दा जनताले सास्ती खेप्न परेको छ ।