आफुले चढ्ने गाडी एम्बुलेन्स बनाउने बोगटान फुड्सिल गाउँपालिका अध्यक्षको घोषणा

Sagan sahari bhawan nirman aayojana

किरण धामी / बैशाख २३
बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । नोभेल कोरोना भाईरस कोभिड– १९को संक्रमण बढ्दै गएपछी बिरामी ओसार पसार गर्ने प्रयोजनका लागी एम्बुलेन्स बनाउने अध्यक्ष गड्सिलाले बताउनु भएको छ ।
महामारी बढ्दै गएमा गाउँपालिकामा एक मात्र एम्बुलेन्सले प्रयाप्त सुबिधा दिन सक्ने अबस्था नरहेको हुँदा आफुले प्रयोग गर्दै आएको बलेरो जीपलाई एम्बुलेन्स बनाउने निश्कर्षममा पुगेको गड्सिलाले बताउनु भएको छ ।
नागरिकको सुरक्षा तथा उपचार पहिलो प्राथमिकता भएका कारण राज्यका स्रोत साधन कोभिड बिरुद्ध केन्द्रीत गर्नु पर्ने अबस्था रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
कोभिड – १९ संग जुध्नका लागी सबै प्रकारका तयारीमा जुटेको गाउँपालिकाले बिपद्मा आफ्नो स्वास्थ्य सुरक्षामा बिशेष साबधानी अपनाउन समेत गाउँपालिकाले नागरिकलाई आब्हान गरिएको छ ।
आफुले चड्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गर्ने उनि डोटी जिल्लाको पहिलो अध्यक्ष हुन ।

Shaileshwori
Loading...