डोटीको पूर्वीचौकी गाउँपालिकामा अक्सिजनसहित ३५ शैयाको आइसोलेसन निर्माण हुने,
कोभिड संक्रमित बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैयाको आइसोलेसन निर्माण गर्ने भएको छ ।कोरोना भाइरसको दोश्रो चरणमा संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो ।
गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने निर्णय कार्यपालिकाबाट गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । अध्यक्ष बोगटीका अनुसार आइसोलेसन निर्माणका लागि अस्पतालमा प्रयोग हुने ३५ वटा बेडहरू ल्याइएको छ। ।
गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई वटा बसहरूलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने गाउापालिकाले जनाएको छ । कोभिडबाट संक्रमित सबै बिरामीहरूको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।