शनिवार डोटीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना डिस्चार्ज
संक्रमितको संख्या एक हजार ७ सय ७६ पुग्यो


डोटी : डोटीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ नमुनाको पिसिआर परिक्षण गर्दा ८ कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका स’चना अधिकारी महेश बोहराले जानकारी दिनुभयो ।
जसमा दिपायल सिलगढी नगरपालिकाका ४ जना, के.आई.सिंह गाउँपालिकाका ३ जना र पुर्विचौकी गाउँपालिकाका एक जना रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ७६ पुगेको छ । दोस्रो लहरको कोरोना फैलिएसंगै डोटी जिल्लामा बैशाख १ गते यता ३ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । जस मध्य दुई जनाको मृत्यु भएको छ ।
यस्तै शनिवार नै होम आईसोलेसनमा रहेका १२ जनाले कोरोना जितेका छन् ।
