डोटी चेम्बर अफ कमर्शको भबन बिवाद : भ्रम र यर्थात

ब्यापारीहरुको साझा संस्थाको रुपमा रहेको डोटी चेम्बर अफ कमर्शको भबन निर्माण सम्बन्धी बिवाद उत्पन्न भएको छ । भबन निर्माण सम्बधी बिवाद उत्पन्न भएपछी मुलुक न्यूजले यस सम्बन्धी यर्थातता बुझ्ने प्रयास गरेको छ । यस बिवादका क्रममा आएका केही फैलाईएका भ्रम र वास्तबीक प्रमाणहरुको यर्थातता सार्बजनिक गरेका छौँ ।
सार्बजनिक जग्गा
डोटी चेम्बर अफ कमर्शको निर्माण भईरहेको भबन सार्बजनिक जग्गामा निर्माण भईरहेको भ्रम भएपनी उक्त जग्गा चेम्बर अफ कमर्शको नाममा रहेको प्रमाणित हुन्छ ।  दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्काले डोटी चेम्बर अफ कमर्श डोटीले सार्बजनिक जग्गामा भबन निर्माणगरी पुलबजार जानेबाटो आवत जावत गर्न अफ्ठेरो परेको हुँदा काम रोकिदिन भन्दै जिल्ला प्रशासन कार्यालय डोटीमा पत्राचार गरेका थिए ।

दिसिनपा वडा नं. २ को कार्यालयद्धारा जिल्ला प्रशासन कार्यालय डोटीलाई लेखेको पत्र

वडा अध्यक्षको पत्रलाई आधार मानेर छानबिन गर्न गएको नापी कार्यालयको टोलीले भबन निर्माण भईरहेको जग्गा डोटी चेम्बर अफ कमर्शको रहेको प्रतिबेदन दियो ।
नापी कार्यालय डोटी बाट खटेको प्राविधिक टोलीले सार्वजनिक, ऐलानी भनीएको उक्त जग्गामा नापजाँच गरि मिति २०७८ बैशाख २२ गते जिल्ला प्रशासन कार्यालय डोटीमा फिल्ड प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदनमा स्थानियवासिन्दा, राजनितिक दल, समाजसेवी, बुद्धिजिविहरुको रोहवरमा विवादित भनिएको उक्त जग्गाको नापजाच गरिएको व्यहोरा उल्लेख छ । जमिन नापजाच गर्दा हाल भवन निर्माण भई रहेको जग्गा सार्वजनिक वा ऐलानी नभएको र डोटी चेम्वर अफ कमर्शको नाममा दर्ता कायम रहेको जग्गा हो भनी उल्लेख गरिएको छ ।
नापी कार्यालयका प्राविधिकले पेश गरेको उक्त प्रतिवेदनमा चेम्वरको नाममा रहेको उक्त जग्गा माथी हाल मानिसहरुले प्रयोग गर्दै आएको अस्थायी सडक समेत उक्त जग्गामा रहेको भनी उल्लेख गरिएको छ ।

Sayalb
नापी कार्यालय डोटीका प्रतिनिधीले दिएका प्रतिबेदन ।

सडक अबरुद्ध गरिकै हो त ?
चेम्बर अफ कमर्शको नाममा रहेको जग्गामा अस्थायी सडक रहेकोमा बाटो बन्द हुनेगरी भबन निर्माण गरिएको भन्ने भ्रम फैलाएको भएपनी थर्यात त्यस्तो नरहेको पाईएको छ ।
चलनचल्चीको बाटो हरेको ठाउँमा भबन निर्माण भएपनी आफ्नै आगनपट्टी रहेको जमिनबाट २ मिटर र पहिला कायम रहेको घोरेटोबाटोगरी गाडी आवत जावतका लागी प्रयाप्त बाटो दिएको चेम्बर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्र साउँदले बताए । साउँदले भने ‘हाम्रो जजिनको पुर्बिभागबाट प्रयाप्त बाटो दिएका छौँ, हामी जस्तो सामाजिक संस्थाले बाटो रोक्ने काम हुन सक्दैन ।’
कहाँ छ जग्गा ?
डोटी चेम्वरले साविक कोटभैरववडा नं.  ३ ग कित्ता नं.३४० को नम्वर जग्गा हाल दिपायल सिलगढी नगरपालिका वडा नं २ दिपायल सेती नदि नजिक रहेको महादेव मन्दिर नजिक रहेको जग्गा व्यक्ति संग राजिनामा पारित गरि खरिद गरेको थियो । जग्गा पास गरे लगतै सो जग्गाका साध सधियारहरुको रोहवरमा नापी कार्यालय डोटीका प्रविधिकले जग्गाको चार किल्ला छुट्टाई चारकित्तामा किला ठोकि दिएको डोटी चेम्वरका अध्यक्ष खगेन्द्र वहादुर साउद केवि बताउन्छन् ।
कानुन अनुसार होस : अध्यक्ष खड्का
चलन चल्तीमा रहेका सडकमा संचरना निर्माण गर्न मिल्ने भएमा आफ्नो कुनै सहजदारी नरहेको दिपायल सिलगढी नगरपालिका वडा नं. २ का अध्यक्ष राजेन्द्र खड्काले बताए । खड्काले भने ‘ हाम्रा धेरै सडकहरु निमार्ण भएका छन् , लगत्त कट्टी गरिएको छैन् सडकमा संरचना बनाउँदै जाने हो भने के हुन्छ ? हाम्रो चाँसो यत्ती हो ।’
स्थानीयको उजुरीका आधारमा हामीले जग्गा सार्बजनिक हो हैन पत्रचार गर्दा जग्गा उहाँहरुको नाममा रहेको पाईयो । उक्त भबनको नक्सा पास छ छैन भनेर हामीले पुःह नगरपालिकाको कार्यालयसंग माग गरेका थियौँ नक्सा पास नभएको पत्र हामीलाई नगरपालिकाबाट प्राप्त भएको अध्यक्ष खड्काले बताए । आफुहरु भन्दा माथिल्ला निकाएपनी भएका कारण आबश्यक छानबिन भई नियम अनुसार हुनेमा आफु बिश्वस्त रहेको खड्काले बताए ।
आनाबश्यक दुःख दिने काम भयो : अध्यक्ष साउँद
बिधी पु¥याएर गरिएको निमार्णमा अनाबश्यक दुःख दिएको प्रति डोटी चेम्वर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्र साउदले दुःख ब्यक्त गरेका छन् ।
अध्यक्ष साउद भन्छन् ‘जग्गा चेम्वरको नाम छ, भवन चेम्वरको बन्दैछ, अनि आफ्नै जमिन माथी चेम्वरले भवन बनाउन नपाउने हो ।’ चलन चल्तीबाटो रोक्न पाईन्छ भन्ने प्रश्नमा साउँदले भने ‘हामीले बाटो दिएका छौँ केही मान्छेहरुको हाम्रो जमिनको बिचबाटै बाटो चाहियो भन्ने दाबी गरे हामीले बिचबाटो मात्रै नदिएका हौँ ।’ कुनै ब्यक्तीले भनेका आधारमा रोक्न सकिँदैन प्रचलित कानुनले गर्न मिल्छ भनेको कुरा हामीले गर्न नपाउने प्रश्नै हुँदैन् ।

 

लाल पुर्जा
दिपायल सिलगढी नगरपालिकाद्धारा वडा नं. २को कार्यालयलाई लेखेको पत्र
Shaileshwori
Loading...