सोमवार डोटीका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
डोटी : डोटीका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७० नमुनाको पिसिआर परिक्षण गर्दा ४४ जना र ३९ एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जसमा दिपायल सिलगढी नगरपालिकाका २० जना, आदर्श गाउँपालिकाका १० जना, के.आई.सिंह गाउँपालिकाका ९ जना, जोरायल गाउँपालिकाका ५ जना, र पुर्विचौकी गाउँपालिकाका ४ जना, बोगटान फुड्सिल गाउँपालिकाका २ जना, शिखर नगरपालिका र बडिकेदार गाउँपालिकाका एकएक जना रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ४० पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो । दोस्रो लहरको कोरोना फैलिएसंगै डोटी जिल्लामा बैशाख १ गते यता ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाको शनिवार मात्र मृत्यु भएको छ ।