सिलगढी ओसेल बगलेक झिग्राना सडक खण्डको कालोपत्रे सुरु
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा कालो पत्रेको काम भईरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले सिलगढीदेखि ओखरबोटहुँदै ओसाइल–बगलेक सम्मको पहिलो ठेक्का अन्तरगतको सडकको कालोपत्रेको काम सुरु गरिएको हो ।
सिलगढी देखि झिग्रना सम्मको सडक निर्काणको काम दुई चरणका सम्झौता भएका थिए । पहिलो चरणको ठेक्का अन्तरगत करिब ७।३५ कि।मी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको ईन्जिनियर राजेन्द्र चौधरी बताए ।
उनले भने “असार मसान्त सम्ममा सम्पन्न हुने गरी यो सडकको काम थालनी गरेका छौ समयमै सडकको कालो पत्रे सम्पन्न हुन्छ।”
सडकमा बर्षादमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा बर्षौदेखी यहाँका स्थानीयहरु सडकको समस्याले आजित बन्दै आएका थिए अब सडक कालोपत्रे हुनेभए पछि यहाँका स्थानीयले खुसि ब्यक्त गरेका छन्।
प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५।६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का निमार्णको जिम्मा सि ए बि कन्ट्रकसन प्राली जावलाखेल ललितपुरले पाएको थियो ।