एमाले प्रदेश कमिटि सदस्य कठायतको निधन


मुलुक समाचार
नेकपा एमालेका प्रदेश कमिटि सदस्य लालबहादुर कठायतको कोभिड–१९को संक्रमणका कारण मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको निधन भएको हो । शिखर नगर पालिका वडा नं. ३ सालगाउँका कठायत हाल धनगढीको सन्तोसी टोलमा बस्दै आउनु भएको थियो ।
अक्सीजनको सहायतमा उपचार भईरहेको कठायतको अक्सीजन सकिएसंगै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
