बिहिवार डोटीका थप २१ जनामा कोरोना पुष्टि
डोटी : डोटीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय १० पिसिआर परिक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका १८ पुरुष र ३ महिला हुन् ।
जसमा बडीकेदार गाउँपालिकाका १२ जना र के.आई.सिंह गाउँपालिकाका ९ जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ४० पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।
हाल जिल्लामा ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।