सोमबार डोटीका थप ६५ जनामा कोरोना पुष्टि

सिता महता /डोटी
सोमबार डोटीका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २७ जनाको पिसिआर परिक्षण गर्दा ६२ जनामा र ९ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ५२ पुरुष र १३ महिला हुन् ।
जसमा दिपायल सिलगढी नगरपालिकाका ४ जना, बोगटान फुड्सिल गाउँपालिकाका १३ जना, शिखर नगरपालिकाका ३ जना, के.आई.सिंह गाउँपालिकाका १४ जना, पूर्बीचौकी गाउँपालिकाका २६ जना र आदर्श गाउँपालिकाका ५ जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार १ सय २४ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

साथै शिखर नगरपालिका वडा नं. ६ की ६८ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
