सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

Sayalb

वैशाख २७ गते परीक्षणका लागि स्वाव दिएका मुख्यमन्त्री भट्टमा कोरोना संक्रमण पुष्टि भएको नीजि सचिवालयले जनाएको छ ।

कोरोनासँग मिल्ने लक्षण देखिए पछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ले मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार भैरहेको छ ।

Shaileshwori
Loading...