जिल्ला अस्पताल डोटीमा कोभिड– १९ बिरामीका लागी ५० बेड थप गर्ने तयारी


अन्तर पालिकाको समन्वयमा भएको बैठकले जिल्लामा ५० शैयाको कोभिड अस्पताल बनाउनका लागी तयारी गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धब ठगुन्ना नेतृत्वको ६ सदस्यीय समितिले अस्पतालका लागी आबश्यक पर्ने तयारीका लागी प्रतिबेदन तयार गर्न समिति गठन गरिएको थियो ।
गठित समितिले नयाँ ठाउँबाट अस्पताल सञ्चालन गर्दा समय र आर्थिक धेरै लाग्ने भएका कारण अस्पतालमै भएका स्रोत साधन प्रयोग गर्दा उपयुक्त हुन सक्ने समितिले जिल्ला संकट ब्यबस्थापन केन्द्रलाई सुझाब दिएको समितिका संयोजक ठगुन्नाले जानकारी दिनु भएको छ ।
संकट ब्यबस्थापन केन्द्रलाई समितिले नयाँ अस्पताका लागी आबश्यक पर्ने जनशक्ती तथा स्रोतको प्रतिबेदन सहित तत्काललाई थप अस्पताल ब्यबस्थानगरी सेवा सुचारु गर्न असहज परस्थिीती भएको खण्डमा जिल्ला अस्पताल डोेटीको परिसर भित्र रहेको स्रोत साधन (ल्याब, एक्सरे, भबन,स्वास्थ्यकर्मी लगायतका सञ्चालित सेवाहरु) को अधिकत्मक उपयोगगरी प्रत्येक पालिका तथा दातृ निकायहरुको थप ब्यबस्थापनका लागी सहयोग जुटाइ सेवा सुचारु गर्न आबश्यक देखिनुका साथै बिश्व महामारीका रुपमा रहेको भेरियन्ट कोभिड–१९ अस्पतालको थप ब्यबस्थापनलाइ समेत क्रमिक रुपले अघाडी बढ्न बढाउन मुनासिब देखिने सुझाब दिएको थियो ।
जिल्ला अस्पतालमा थप जनशक्ती भर्नागरी स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउने निर्णय भएको हो । राजपुरमा रहेको सेती सभाहल .थप कोरोना बढ्दै गएमा प्रयोग गर्ने हाललाई जिल्ला अस्पताल भित्रको ब्यबस्थापन प्रभाबकारी बनाउने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनु भएको छ ।
अस्पताल ब्यवस्थित बनाउनका लागी डोटीका सबै पालिकाले सहयोग गर्ने प्रतिबद्धता आएको र प्रदेश र केन्द्र सरकारलाई पनि सहयोगका लागी अपिल गर्ने निर्णय भएको मेयर मलासीले बताउनु भएको छ ।
