तरुण दल सभापति बम द्वारा गाउँपालिकालाइ एन्टिजेन टेष्ट कीट प्रदान
एकेन्द्र चन्द/ डोटी
तरुण दल बडिकेदार गाउँपालिकाका सभापति केशब बहादुर बमले बडिकेदार गाउँपालिकालाई २५ वटा कोभिड नाइन्टिन एन्टिजेन कीट सहयोग गरेका छ्न । गाउँपालिकामा भारत देखि आउनेको संख्यामा बढ्दै गएपछी कोरोना सक्रमणको पनि जोखिम बढ्ने सम्भावना भएको भन्दै कोरोना चेक गर्न सहयोग पुगोस् भनेर गाउँपालिकालाइ कीट सहयोग गरेको अध्यक्ष बमले बताउनु भयो ।
अहिलेको महामारीमा सबैले सहयोग गर्नुपर्ने र मानबिय दायित्व पूरा गर्नु पर्ने उहाले भनाई छ । आफू जहिले पनि गाउँपालिकालाइ सहयोग गर्न तयार रहेको र फेरि पनि सहयोग गर्ने अध्यक्ष बमले बताउनु भयो ।
उहाँले कीट सहयोग गरेर कोरोना महामारी धेरै सहयोग पुगेको र आगामी दिनमा पनि सहयोगको अपिक्षा राखेको बडिकेदार गाउँपालिका स्वास्थ साखा सह-संयोजक खडक बहादुर धामिले बताउनु भयो ।