आइतवार डोटीका थप २३ जनामा कोरोना पुष्टि
डोटी : आइतवार डोटीका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२ पिसिआर परिक्षण गर्दा ११ जना र ४८ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका १५ पुरुष र ८ महिला हुन् ।
जसमा दिपायल सिलगढी नगरपालिकार पुर्विचौकी गाउँपालिकाका ७/७ जना, बोगटान फुड्सिल गाउँपालिकाका ३ जना, आदर्श गाउँपालिकाका २ जना, शिखर नगरपालिका, जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र सायल गाउँपालिकाका एक/एक जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार तिन सय ४० पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका ९ सय १९ जनामा कोरोना पुष्टि हुँदा ४ सय ९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।