डोटी अस्पतालका बिरामीलाई ईडिसीले खाना खुवाउने


जिल्ला अस्ताल सिलगढी डोटीमा रहेका कोरोना संक्रमित बिरामी तथा हहरुलाई सम बिकास केन्द्र (इडिसी)ले १० दिन निशुल्क खाना खुवाउने भएको छ । जिल्ला अस्पताल डोटीमा कोरोनाको उचारका लागी बेड भर्ना भएका बिरामीलाइ जेष्ठ ११ गते देखि २१ दिन सम्म प्रति दिन रु. ३६० बराबरको निस्शुल्क खाना नास्ता उपलब्ध गराउने व्यवस्था गरिएको सम बिकास केन्द्रका कार्यक्रम संयोजक केशब परियारले जानकारी दिनु भएको छ ।
एक्सन एड नेपालको सहकार्यमा कोरोना संक्रमित भई जिल्ला अस्पतालको आईसोलेशनमा उपचार गराउँदै आउनु भएका बिरामी र विरामीको हेरचाह गर्ने एक जनाका लागि खानाको ब्यबस्था गरिएको हो ।
अक्सीजको सर्पोटमा राख्नु पर्ने जिल्लाभरका बिरामीको अस्पतालमा उपचार भईरहेको छ । संकटको बेला आफ्नो तर्फबाट गर्न सक्ने सहयोग बिरामी तथा अस्पतालाई सहयोग गरेको संयोजक परियारले जानकारी दिनु भएको छ ।

