डोटीमा थ्री डीभीएल क्रियशन द्वारा राहत वितरण

तेजु ओली/ डोटी-थ्रिडिभिएल क्रियशन नामक संस्थाले आज जिल्लाको आदर्श गाउँपालिका – २ मा खाधान्न बितरण गरेको छ । कोरना भाइरसको नियन्त्रण वा ब्याबस्था गर्नका लागी लकडाउन गरिएको छ । लामो समय सम्म लगाउन हुदा दैनिक ज्याला मजदुरी गरेर काम गरेर खाने १० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

दैनिका काम गरेर साझ बिहान हातमुख जोड्न परिवार यतिबेला काम गर्न नपाएका परिवार मारमा परेको भन्दै संस्थाले प्रति परिवार १÷१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझा बताएका छन ।

संस्थाका जिल्ला संयोजक आकाश खड्का, सदस्यहरु देव खड्का, विकास खड्का लगायतका प्रतिनिधिहरुको संयुक्त पहलमा सुरु भएको उक्त अभियान आगामी दिनमा आदर्श गाउँपालिकाका ७ वटै वडामा संचालन गरिने राहत कार्यक्रमका संयोजक ओझाले बताउनुभयो।

Sayalb

डोटीमा संचालित अभियानमा सामाजिक व्यक्तित्व जयराज ओझा, पुस्पराज ओझा, बिष्णु राज जोशी, डिआर ओझा र बिजय राज ओझाले आर्थिक सहयोग गरेको थ्रिडिभिएल क्रियशनले जनाएको छ ।

 

कैलालीको अत्तरियामा केन्द्रिय कार्यालय रहेको थ्रिडिभिएल क्रियशनले पछिल्लो समय कैलाली बाहिर पनि आफ्ना कार्यक्रम संचालनमा ल्याएको जनाएको छ ।

सोहि क्रममा प्रदेशका ९ वटै जिल्लामा शाखा विस्तारको काम भईरहेको थ्रिडिभिएल क्रियशनका केन्द्रिय अध्यक्ष दिपक ओझाले बताएका छन ।

Shaileshwori
Loading...