समयमै बर्षात भएपछि डोटीमा रोपाइँ सुरु

डोटी: समयमै बर्षात भएपछि डोटीमा रोपाइँ हुन सुरु भएको छ । कोरोना महामारीको कारण जिल्लामा निषेधाज्ञा जारी भएपछि सहरि क्षेत्र सुनसान भएपनि ग्रामिण भेगमा भने रोपाईको चहलपहल सुरु भएको छ ।

डोटीको पुर्बीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको त्यहाँका स्थानीयले बताएका छन् ।

Sayalb

कोरोनाको कहर फैलिएपछी विदेश तथा अन्य ठाउबाट सबै घरमै फर्कीएकाले रोपाई गर्न सहज भएको त्यहाका किसानको भनाई छ । वर्षाले समयमै रोपाई सुरु गर्न पाएपछि यँहाका कृषक हर्षित भएका छन् ।

वर्षात संगै किसानले अन्य बाली मकै, कोदो, धान र अदुवा समेत लगाउन थालेका छन् । पानी परेपछि यतिबेला खडेरिले सुख्खा देखिएका डोटीका डाँडापाखा खेतबारी हरियाली देखिन थालेका छ्न ।

Shaileshwori
Loading...