शुक्रवार डोटीका थप ५ जनामा कोरोना पुष्टि, ६७ जनाले कोरोना जिते
डोटी : शुक्रवार डोटीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ३ जना पुरुष र २ महिला हुन् ।
आज कोरोना देखिएका सायल गाउँपालिकाका २ जना, आदर्श गाउँपालिका, शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकाका एकएक हुन् । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार चार सय ४५ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार २४ जनामा कोरोना पुष्टि भएको र अहिले ३ सय ७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । त्यस्तै आजै डोटीका बिभिन्न पालिकाका ६७ जनाले कोरोना जितेका छन ।