कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु
डोटी : डोटीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रवार राति जिल्लाको शिखर नगरपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ नौँ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको उपचार जिल्ला अस्पताल डोटीमा भैरहेको थियो । थप उपचारको आवश्यकता परेपछि जिल्ला अस्पताल डोटीले उनलाई डडेल्धुरा अस्पताल डडेल्धुरा रिफर गरेको थियो ।
डडेल्धुरा अस्पताल लैजादै गर्दा उनको राति करिव १० बजेतिर स्याउले नजिक बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले जानकारी दिनुभएको छ । नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण फैलिएदेखि डोटीका आँठ जनाको मृत्यु भइसकेको छ ।
अहिले जिल्ला अस्पताल डोटीमा १२ जना कोरोना सङ्क्रमित विरामीको उपचार भइरहेको छ, जसमध्ये ५ जान अक्सिजन सपोर्टमा रहेका छन् ।