साथमा जाने मान्छे नहुदा लक्ष्मीको ज्यान जोखिममा
सरिता कठायत/डोटी
डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ४ मा बस्ने २८ वर्षीय लक्ष्मी भाटको यहीँ जेठ १२ गते राति करिब १२:३० बजेको समयमा आफनो पसलमा सुतिरहेको बेला अज्ञात व्याक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको थियो । साथमा ढाई वर्षकी छोरी पनि थिन । घटना कसले घटायो को मानिस हो कुनै पहिचान गर्न सकनिन् लक्ष्मीले । उनले भनिन अध्यारो भएको कारण केहि थाहा पाएन् । घटना घटीसकेपछी आफु बाचिहाल्छु कि भनेर झिनो आस बोकेर छिमेकीको सहारा माग्न छोरीलाई काखमा च्यापेर भाग्न सफल भए । चिच्याएर आग्रह गरेपछी छिमेकी पसलमा पुगे । छिमेकी पसलमा नपुग्दै घटना घटाउने मान्छे भने भागीसकेको रहेछ । शरिर भरी पोलिएर क्षत विक्षत भईसकेकी थिए उता छोरीलाई पनि चोट लागेको रहेछ बल्ल थाहा पाए । सहाराको नाममा त्यहीँ एउटा पसल त थियो साझ बिहान कटाउने त्यो पसलमा भएका सामाग्रीहरु पनी जलेर नष्ट भएछन् । अतालिदै आफु सँगै चोट लागेकी छोरीलाई अंगाल्दै भकानो छोडेर रुन थाले । लक्ष्मी र उनको छोरीको अवस्था देरेर छिमेकी चिन्तित भइसकेका थिए । त्यो राति छिमेकी सँगै बसिन् लक्ष्मी । रातिको समय भएको कारण तुरुन्तै गाडी पाउन पनि गाह्रो थियो । घटनाको दोस्रो बिहानै वडा अध्क्षय र प्रहरीको टोली लक्ष्मीको पसलमा पुगे । जलेर गम्भिर घाइते भएकी लक्ष्मीको उपचार स्थानिय स्वास्थ्य चौकिमा सम्भव थिएन् । त्यसपछी राजपुरमा रहेको सुजंङ्ग अस्पतालमा उहाँलाई ल्याइयो । घाइतेको अवस्था गम्भिर रहेको अस्पतालका प्रमुख अजुर्न बलायरले उनका ससुरा गोरख भाट लाई जानकारी गराउनु भयो । लक्ष्मीको शरीर ५६ प्रतिसत सम्म जलेको हुनाले घाइतेलाई बाहिर लैजानु पर्छ यता उपचार सम्भव छैन् भनी सकेपछी उनका ६५ वर्षका ससुरा बुहारीलाई बाहिर लैजानको लागी आफुसँग पैसाको अभाव त छदैछ अर्को साथमा जाने महिला मान्छे नभएर आज तिन दिन बिति सक्दा पनि यतै बस्नु परेको बताउछन् ।
स्थानिय तहको भनाई
अहिले सम्म गाउँपालिकामा घटनाको विषयमा कुनै पनि जानकारी नआएको गाउँपालिकाका उपाध्क्षय तथा न्यायिक समितीका अध्क्षय कमला आझोले बताउनु भएको छ । जानकारी आएपछि गाउँपालिकामा छलफल गरेर पिडितलाई उपचारको लागी सक्दो सहयोग गर्ने ओझाले बताउनु भयो । आफुले गायँपालिकाका उपाध्क्षय तथा न्यायिक समितीका अध्क्षय कमला ओझालाई घटनाको विषयमा जानकारी गराई सकेको र पालिकामा घटनाको बारेमा छलफल गर्ने कुरा समेत भन्नु भएको वडा अध्क्षय नारायन पछेराले बताए । उनले पिडितको लागी चन्दा उठाएर भएपनि आफु सहयोग गर्न पछि नपर्ने समेत पछेराले बताए ।
प्रहरीले घटनाको अनुसन्धानमा आफुहरु निरन्तर लागीरहेको स्थानिय तहका इलाका प्रहरी कार्यालयका निरीक्षक कृष्ण चन्दले बताउनु भएको छ । अहिले सम्म पनि अपराधी को हो भन्ने पत्ता लगाउन गाह्रो भएरहेको समेत चन्दले बताए ।
अहिले सहाराको खोजिमा छट्पटी रहेकी छिन् लक्ष्मी
अस्पताल पुगेकै दिनमा डाक्टरले मेरो अवस्था हेरीसकेपछी यता उपचार सम्भव छैन् बाहीर लैजानु पर्छ भन्नु भयो । त्यसपछी मेरो मनमा अनेकौ कुरा मडारीए मनमनै सोचे साथमा गाउँभन्दा बाहिरी वातावरणको बारेमा केहि नजानेका बुढा ससुरा आफु सँगै घाइते भएकी ढाई वर्षकी छोरी त्यसैमा फेरी आफु ५ महिनाकी गर्भवती ओहो मेरो जिन्दगीमा यो के आई लाग्यो उनि निरास हुदै बेडमा पल्टिन्छीन् । यतिबेला त मलाई श्रीमान् घरपरीवार माईतीको साथ,सहयोग चाहिएको छ तर श्रीमान नै सम्र्पक बिहिन भएका छन् । लक्ष्मीले आफुले आफैलाई सोधिरहेकी छिन् पटकपटक के मेरो श्रीमानले हो मलाई यो मृत्युको दोसाधमा पुर्ययाउने होइन भने किन सम्र्पक बिहिन यि र यस्तै कुरा मनमा खेलाएर छट्पटी रहेकी छिन् अस्पतालको शैयांमा उनी । साथमा जानेबुझेको मान्छे र मसँग सहारा भएर जिल्ला बाहिरको अस्पतालमा जाने कोहि नभएर आज तिन दिनसम्म यतै बसेकी छु । छोरीको अवस्था त अस्ति भन्दा केहि फरक भएको छ तर आफनो अवस्था झनझन जिण बन्दै गैइहेको छ । एकातिर आगोले शरीर भरी जलेको जलन अर्को तिर आर्थिक अभाव अझ झनै यहिँ बेला आफन्तको सहाराबाट बिहिन् । यस्तै यस्तै पिडाबाट झनै समस्यामा छ लक्ष्मीको जीवन् । उनि यतिबेला आर्थिक सहयोग सँगै जिल्ला बाहिर आफु सँग जाने बुझेको मान्छे सहाराको लागी गैदिन अपिल गर्दै छिन् ।