सम्बन्धित निकाय जिम्मेवार विहिन हुदा माटो पानिले पुरिए विद्यालयका कोठा

डोटी-वर्षा याम सुरु भए संगै पानि बालुवा माटो पसेर विद्यालयका कोठाहरु पुरिएका छन्।

डोटिको पुर्विचौकी गा.पा. वडा न. २ को कालिका आधारभूत विद्यालयमा लकडाउन भए सँगै विद्यालय रेखदेखको अभावका कारण भौतिक संरचनामा क्षति पुगेको छ। विद्यालयमा रहेका डेक्स बेन्च जस्ता सामानहरु सम्बन्धित निकाय जिम्मेवार विहिन हुदा अहिले बाहिर अलपत्रै अवस्थामा रहेका छन् । शिक्षा आर्जन गर्ने शैक्षिक संस्थाको उचित व्यवस्थापन समुदायको दायित्व भएता पनि त्यस्तो हुन सकेको छैन् ।

 

Sayalb

विद्यालय संरक्षण गर्नु त परै जावस विद्यालयका डेस्क बेन्च लगायतका अरु सामान केही ब्याक्तिले आफ्नु घरमा समेत लग्ने गरेका छन्। विगत देखि नै विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकले पनि विद्यालयका डेस्क बेन्च आफु बस्नको लागि खटियाको रुपमा प्रयोग गरि जता बस्यो त्यतै छोड्ने भएकोले अहिले विद्यालयमा डेस्क बेन्चको अभाव रहेको छ।

त्यहाँ अध्ययनरत विद्यार्थी एकसरो कार्पेटमा बस्दै आएका छन्। विद्यालयको संरक्षण समुदायका मानिसको जिम्मेवारी रहेपनी मेरो होईन भन्दै सबैले पन्छाउने गरेका छन्। अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त सिं चिराल भए पछि झन विद्यालयको अबस्थामा दयनीय बनेको छ । विद्यालयको व्यवस्थापन तथा संरक्षणको लागि पहल गर्नुपर्ने ब्याक्ति नै जिम्मेवार विहिन हुदा यस्तो समस्या आएको स्थानीयको बुझाई छ ।

अहिले विद्यालय गोरु बाख्रा जंगली जनावरको रहने गोठ जस्तै भएको छ। दिनहुँ विद्यालयको चौरमा त्यहाका केहि स्थानीयले गोरु वाख्रा चराउने र पानी पर्दा विद्यालयका कोठा भित्र गोरु जाने गरेका त्यहाँका स्थानीयले बताएका छन् । कोरोना भाईरसको दोस्रो लहर फैलिए पछि विद्यालय बन्द भएको हो।

Shaileshwori
Loading...