लक्ष्मीको उपचारका लागी दुई लाख सहयोग गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
श्रीमान्ले आगो लगाएर हत्या गर्न खाजेकी आदर्श गाउँ पालिका वडा नम्बर ४ रोडिङ बस्ने लक्ष्मी भाट र छोरी अन्जु भाटको उपचारका लागी सुदूरपश्चिम प्रदेश सरकारले उपचारका लागी दुई लाख रुपैँया रकम सहयोग गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको मन्त्री परिषद्को बैठकले उपचारका लागी २ लाख सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रबक्ता पुर्णा जोशीले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रीपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो । यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटलाई दुई लाख दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि भएको प्रवक्ता जोशीले जानकारी दिइन् ।