सम विकास केन्द्र (ईडीसी) डोटी द्धारा के आई सिंह गाउँपालिकालाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तण

नारद नेपाली/डोटी – सम विकास केन्द्र (ईडीसी) डोटीले के आई सिं गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेकको छ । आज संस्थाले गाउँपालिकाको केन्द्र मै गएर ५ लाख १६ सोरहजार ५ पाँच सय बाराबरको सामाग्री हस्तानतरण गरेको संस्थाका अध्यक्ष अधिराज वि.सी ले बताउनु भयो ।
कोभिड १९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला केहि रुपमा पालिकालाई सहज होस भनी सामाग्री बितरण गरेको अध्यक्ष वि.सीले बताए ।

अधिराज बि सी का अनुसार स्वास्थ्य सामाग्रीमा मेडीसियन बेड, ईलेक्टोनिक वाटर, हिटर, १० सेट मेडीसीयन वेड, २० सेट पिपि सेट, ५ थान पल्स अक्सोमिटर, १ थान ईलिक्टिक वाटर हिटर लगाएत थर्मल गन , सर्जिकल मास्क ,ग्लोव्स ,हेण्ड सेनिटाईजर साबुन , ओडीलिन सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको बताइएको छ ।
स्वास्थ्य सामाग्रीहरु गाउँपाीका मार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर र पालिका अन्तरगतका स्वस्थ्य संथा स्वास्थ्य ईकाई र प्राथमीकताका अधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरिव, दलित ,विपन्न , महिलालाई प्राथमिकताको आधारमा वितरण गरीने भएको छ ।
सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै गाउपालीकाका अध्यक्ष लोकेन्द्र शाहीले बिश्वब्यापी रुपमा रहेको कोरोना सँक्रमणको महामारिको समयमा प्राप्त भएका सामानले गाउपालीकालाई ठुलो सहगोग प’गेको भन्दै संस्थालाई धन्यबाद ज्ञापन गरेका हुन् ।
संस्थाले क्रमसं.जिल्लाका कार्यक्रम लागु भएका अन्य स्थानिय तहहरुमा पनी बितरण गरिने बताएको छ ।
