पूर्बीचौकी गाउँपालिकालाई ईडीसी डोटीले गर्याे ५ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

नारद नेपाली/डोटी- सम विकास केन्द्र (ईडीसी) डोटीले पूर्बीचौकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ । आज संस्थाले गाउँपालिकाको केन्द्र मै गएर ५ लाख १६ हजार ५ सय बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अधिराज वि.सीले जानकारी दिनु भएको छ ।

 

 

कोभिड १९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला केहि रुपमा पालिकालाई सहज होस भनी सामाग्री बितरण गरेको अध्यक्ष वि.सीले बताए । बिसीका अनुसार स्वास्थ्य सामाग्रीमा मेडीसियन बेड, ईलेक्टोनिक वाटर, हिटर, १० सेट मेडीसीयन वेड, २० सेट पिपि सेट, ५ थान पल्स अक्सोमिटर, १ थान ईलिक्टिक वाटर हिटर लगाएत थर्मल गन, सर्जिकल मास्क, ग्लोव्स, हेण्ड सेनिटाईजर साबुन , ओडीलिन लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको बताइएको छ । स्वास्थ्य सामाग्रीहरु गाउँपालिका मार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर र पालिका अन्तरगतका स्वास्थ्य संथा स्वास्थ्य ईकाई र प्राथमीकताका अधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरिव, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरीने भएको छ ।

Sayalb

सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै गाउपालीकाका उपाध्यक्ष नीर्मला साउदले बिश्वब्यापी रुपमा रहेको कोरोना सँक्रमणको महामारिको समयमा प्राप्त भएका सामाग्रीले गाउँपालीकालाई ठुलो सहगोग पुगेको भन्दै संस्थालाई धन्यबाद ज्ञापन गर्नु भएको छ । साथै माहामारिको प्रकोप घटि नसकेकोले पालिकालाई आबश्यक परेको बेला अझै संस्थाले सहयोग गर्ने अपेक्षा राख्नु भएको थियो ।


संस्थाले जिल्लाको केआई सिंह गाउँपालिका र पूर्बीचौकी गाउँपालिकामा स्वास्थ्य सामाग्री बितरण भईसकेको छ भने, क्रमशः जिल्लाका कार्यक्रम लागु भएका अन्य स्थानिय तहहरु जोरायल गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा पनि बितरण गरिने जनाएको छ ।

Shaileshwori
Loading...