शुक्रबार डोटीका २९ जनाको पिसिआर जाँच गर्दा २७ जनामा कोरोना पुष्टि

सिता महता/ डोटी
शुक्रबार डोटीका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९ जनाको आरटिपिसिआर परिक्षण गर्दा २७ जनामा र ४ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । आज कोरोना देखिनेमा ५ जना महिला र २२ जना पुरुष रहेका छन ।

जसमा दिपायल सिलगढी नगरपालिकाका ५ महिला तथा १९ पुरुष गरि २४ जना, पूर्बीचौकी गाउँपालिकाका एक महिला तथा दुई पुरुष गरि ३ जना र जोरायल गाउँपालिकाका एक जना पुरुष रहेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार ६ सय २१ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

Sayalb

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार दुई सय जनामा कोरोना पुष्टि भएको र अहिले ३ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...