सम विकास केन्द्र डोटीद्धारा जिल्ला अस्पताल डोटीलाइ स्वास्थ्य सामाग्री हस्तान्तण
तेजु ओली /डोटी- सम विकास केन्द्र (ईडीसी) डोटीले जिल्ला अस्पताल डोटीलाइ स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ । अस्पतालमा गएर पिपिइ सेट,ग्लोब्स,फेस सिल्ड , सेनीटाइजर,माक्स,र अक्सिजनको अभाबनहोस भनेर ,अक्सिजन सिलिन्डर रिफील का लागी ८१ हजार चेक सहीत २ लाख २१ हजार रकम बराबरको स्वास्थ्य सामाग्री हस्तान्रण गरेको संस्थाका अध्यक्ष अधिराज वि।सीले जानकारी दिनु भएको छ ।
एक्सन एड नेपालको आर्थीक सहयोग तथा सम बिकास केन्द्र डोटीको सहजीकरणमा उक्त सामाग्री अस्पताललाइ उपल्बध गाराइएको हो ।
कोभिड १९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला केहि रुपमा अस्पातमा सहज होस भनी सामाग्री बितरण गरेको अध्यक्ष वि।सीले बताउनु भयो ।
सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै जिल्ला अस्पताल डोटीका मेडीकल सुपरिटेन्डेन्ट कृष्ण जोसीले बिश्वब्यापी रुपमा रहेको कोरोना सँक्रमणको महामारिको समयमा प्राप्त भएका सामाग्रीले अस्पताललाइ राहात पुगेको भन्दै संस्थालाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।