बैवाहिक उत्सबको अबसरमा जोशी दम्पतीले गरे बृद्धाआश्रमलाई सहयोग

Sayalb

बैवाहिक उत्सबको अबसरमा जगदम्बा मेडिकल हल सिलगढीका सञ्चालक पदमराज जोशीले पुज्यधर्मान्तक बृद्दाआश्रमलाई आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पताल डोटीमा कार्यरत लक्ष्मी पन्त जोशी र पदमराजको २५औँ बैवाहिक उत्सबको अबसरमा ५ हजार १० रुपैँया बृद्धाआश्रमका अध्यक्ष दिनेश रोकायालाई हस्तान्तरण गर्नु भएको हो ।
कोभिडको समयमा बृद्धाआश्रममा भएका जेष्ठ नागरिकलाई खानपानमा सहज होस भन्ने उदेश्यका साथ सहयोग गरेका जोशीले बताउनु भएको छ । बर्षगाठको असबरमा बृद्धाआश्रमलाई सम्झेर सहयोग गर्ने जोशी जोडीलाई आश्रमका अध्यक्ष दिनेश रोकायाले धन्यबाद समेत ब्यक्त गर्नु भएको छ ।

Shaileshwori
Loading...