बुधवार डोटीका थप ३१ जनामा कोरोना पुष्टि

डोटी : बुधवार डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ आरटिपिसिआर परिक्षण गर्दा २६ जना र ६१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । आज कोरोना देखिनेमा १७ जना महिला र १४ जना पुरुष रहेका छन । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ३२ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

आज आदर्श गाउँपालिकाका ८ जना महिला तथा ६ जना पुरुष गरि १४ जना, दिपायल सिलगढी नगरपालिकाका ५ महिला, पाँच पुरुष गरि १० जना, बडीकेदार गाउँपालिकाका ३ जना महिला, शिखर नगरपालिकाका एक महिला एक पुरुष, केआई सिंह गाउँपालिका र पुर्विचौकी गाउँपालिकाका एकएक पुरुषमा कोरोना देखिएको हो ।

Sayalb

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार तिन सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अहिले जिल्लामा दुई सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

Shaileshwori
Loading...