उपाध्यक्षको कोशेली ‘पोषण झोला’

Sayalb

मुलुक समाचार
पुर्विचौकी गाउँपालिकामा उपाध्यक्षले सुनौला हजार दिनमा दलित सामुदायका महिलालाई कोशेली स्वरुपमा ‘पोषण झोला’ प्रदान गरेकी छन् ।
गाउँपालिका भित्र रहेका सुनौला हजार दिनका विपन्न दलित आमाहरुलाई उपाध्यक्ष कोशेली अन्तरगत ‘पोषण झोला’ उपाध्यक्ष निर्मला साउँदले हस्तान्तरण गर्नु भएको हो ।
पोषण झोला कार्यक्रम अन्तरगत उपाध्यक्ष साउदले गाउँपालिकाका ७ वडाका प्रत्येकका १२ जना गरी ८४ जनालाई वितरण गरिएको हो ।
सुनौला हजार दिनका विपन्न दलित महिलाहरु तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउनु उपाध्यक्ष कोशेली पोषण झोला प्रदान गरिएको महिला शाखा प्रमुख कल्पना कुमारी थापाले जानकारी दिईन् ।
कोशेली पोषण झोलामा एक क्यारेट अण्डा १ लिटर तोरीको तेल, १ के.जी.चिनि, १ के.जी. चना, २ पाकेट चियापत्ती, १ प्याकेट आयोडिन नुन सहित फलफुल वितरण गरिएको सुचना अधिकारी हरिभक्त साउदले जानकारी दिनु भयो ।

Shaileshwori
Loading...