डोटीमा जनप्रतिनिधिले नै गरे पत्रकार माथी दुर्व्यवहार, दोषिलाई कार्वाहिको माग

डोटी –  डोटीको पुर्विचौकि गाउपालिकामा रिपोङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरु माथी जनप्रतिनिधिहरुले हातपात सहित दुर्व्यवहार गरेका छन् ।
नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली र त्रिबेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपाली माथी रिपोटिङ्गका क्रममा दुर्व्यवहार भएको पिडित पत्रकारहरुले बताएका छन् ।

गाउपालिकाले आईसोलेसन वार्ड संचालनमा ल्याएको, भिडियो एक्सरे सेवा सुरु गरेको, दलित लक्षित कार्यक्रम अन्तरगत सम्पन्न क्रियाकलापहरुका विषयमा रिपोटिङ्ग गर्न र गाउपालिकाबाट भुक्तानी गर्न बाकी रहेका विज्ञापन तथा सूचनाहरुको रकम भुक्तानी लिन भन्दै पुर्विचौकी पुगेको समयमा विनाकारण आफुहरु माथी हातपात हुनुका साथै गालिगलौज र अभद्र व्यवहार भएको पत्रकार झलक पालीले बताए ।

Sayalb

घटनाका विषयमा गाउपालिकाका अध्यक्ष दिर्घ वोगटी संग बुझ्दा, पत्रकारमाथी अभद्र व्यवहार भएको बताएका छन् । वडा नं। १ का वडाध्यक्ष अंकबहादुर खड्का, वडा नं। ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं। ४ स्थानीय प्रेमबहादुर खड्का र वडा नं। ५ का शंकरबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् । गाउँपालिकाका अध्यक्ष वोगटी, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीहरुकै अगाडि आफुहरुमाथी गालीगलौज गर्ने, शरीरमा जाईलाग्ने, क्यामेरा बन्दगर्न लगाउने, मास्कखोल्न लगाउने लगायतका अभद्र व्यवहार भएको पत्रकार पालीले बताए ।

घटनाको विरोध गर्दै पत्रकार महासंघ डोटी शाखा, प्रेश चौतारी, प्रेश सेन्टरले प्रेशविज्ञप्ती जारि गर्दै घटनाका दोषिहरुलाई कानूनी कार्वाहिको माग गर्दै पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् ।

Shaileshwori
Loading...