दलित जात होइन एउटा आन्दोलन हो

बिश्व बिज्ञान र प्रबिधिको अधिकतम प्रयोग गरि बिकास र समृद्धि को क्षेत्रमा फड्को मारिएको अवस्थामा नेपाली समाज सामाजिक न्याय र

अग्रगमनको बिरुद्धमा मोर्चाबन्दी गरिरहेको छ । हाम्रो समाजमा जातब्यबस्थाले गहिरो जरा गाडेको छ । रुपा सुनार जस्तो शिक्षित र सचेत पत्रकारलाइ देशकै राजधानीमा एउटा कोठा भाडामा लिएर बस्न पनि यति सम्मको संघर्ष गर्नुपरेको छ भने दुर दराजका निमुखा दलित समुदाएको अवस्था कस्तो होला रु पछिल्लो समय हामि पढेलेखेका हु भनेर कागजी खोस्टोको अहंकार बोकेर हिन्ने युवापिढिमा हामी त छुवाछूत गर्दैनौ तर यो मामिलामा हाम्रो घरमा हाम्रा अग्रजहरुलाइ हामी सम्झाउन सक्दैनौं , भनेको मान्दैनन् । यस्तो गैरजिम्मेवार पुर्ण कुरा गर्दै हिन्छन । उहाहरुलाइब्म के भन्न चाहन्छु भने यो मामिलामा कहिलै सम्झाउने प्रयासै गर्नु भएको छैन , कम्तीमा प्रयास त गर्नुस । यो कुरा बिस्तारै हट्छ भन्नुहुन्छ । यस्ता शब्दको प्रयोग गर्नु भनेको छवाछुतलाई अझै मलजल गर्नु हो ।बिस्तारै भनेको कहिले हो, कति उस्ताले दोस्रो दर्जाको नागरिक भएर बाच्नु पर्ने हो । अर्को कुरा यो समाजमा राज्यको सम्पत्तिको चरम दोहन गरि आफ्नो सात पुस्तालाइ पुग्ने गरि कमाएको सम्पतिको आडमा समाजिक अभियान्ताको ट्याग लगाएर पछिल्लो समयमा घटेका विभिन्न बिभेदजन्य घटना पारिघटनाको बिषयलाई बिषयान्तर गरि न्यायको बिरुद्धमा मोर्चाबन्दी गर्न खोज्ने गजडी प्रबिर्ती र बौद्धिकताको खोल ओढि जातिय बिभेदलाई हटाउने एक मात्रै अचुक उपाय शिक्षा हो भनेर गुम्राहटमा पार्ने प्रतिगामी प्रबृत्ति को एउटै चिहान बनाउनु जरुरी छ । शिक्षाले केही हदसम्म सहयोग गर्ला तर तपाइहामी सबैलाई अवगत भएकै कुरा हो नेपाल सरकासरका उच्च तहमा काम गर्ने कर्मचारी, राष्ट्रिय स्तरका कलाकार, बिद्यालयमा शिक्षक,बिद्यार्थि , पत्रकार र माननीय हरु विभिन्न समयमा आफ्नै समकक्षी शिक्षित जमातबाट दलित समुदायको भएकै कारण विभेद र अपहेलित भएको ,हुँदै आएअका छन । नेपाली सामाजमा मौलाएको जातब्यबस्थाले हुर्काएका हनुमानहरुले जति खोके पनि मुक्ती आन्दोलनलाई कुनै फरक पर्नेवाला छैन । उल्टै सम्पुर्ण अपहेलित , दमित, आवजबिहिन सर्बहार बर्गलाइ एकत्रित बनाइ आन्दोलनलाई शशक्त बनाउन सजिलो हुनेछ ।दलित कुनै जात होइन , यो हजारौ बर्शदेखि दमन शोषणमा पारिएका जाती समुदाएलाइ एकत्रित पार्ने आन्दोलन हो ।यो राज्य सत्ता पुर्ण रुपमा जातब्यबस्थाबाट ओतप्रोत भै मौलाएको छ । एउट बहाललवाला मन्त्री जातीय विभेद जस्तो जघन्य अपराधको पक्षमा राज्यको शक्तिको दुरुपयोग गरिएको छ । सर्बहारबर्गको नेतृत्व गर्छौ भन्नेहरु मौन दर्शक बनिरहेका छन । पढेलेखेको जमात तमासे बनिरहेको छ । त्यसैले यस्ता गलत प्रबिर्तिलाइ एउटै गहिरो चिहानमा पुर्नका लागि जातिय बिभेदको मुद्दालाइ हामी सबै शाझा सामाजिक समस्याको रुपमा लिइ सम्पुर्ण मुक्तिगामी सर्बहारा बर्गले एक भैआन्दोलनलाई शशक्त पारी निर्णायक बनाउनुआजको आवश्यकता हो । हाम्रो आन्दोलन जातब्यबस्था विरुद्ध केन्द्रित बनाउनु जरुरी छ ।

Sayalb

मन्त्री कृष्ण गोपाल श्रेष्ठ मुर्दावाद

दलित आन्दोलन जिन्दावाद

लेखक यज्ञ पार्की शिक्षक तथा दलित अधिकारकर्मी हुन् ।

Shaileshwori
Loading...