जिल्ला प्रशासन कार्यालय डोटीद्वारा बजार अनुगमन तिब्र

तेजु ओली डाेटी– जिल्ला प्रशासन कार्यालय डोटी ले दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्धि नहोस र उपभोग नठगियोस भनेर प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत अन्यमा मूल्य बृद्धि भए नभएको हेर्न प्रशासनले अनुगमन शुरु गरेको सहयक प्रमुख जिल्ला अधिकारी किरण जोसी ले बताउनुभयो।

 

हरेक वस्तु तथा सेवामा कालोबजारी, मनोमानी मुल्यबृद्धि,मिति गुज्रिरएको बस्तु बिक्रि बितरण बाट उपभोक्ता ठगिने गरेको खाध प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी प्रमुख निराजन मगर ले बताउनुभयो।

 

Sayalb

त्यस्तै बजार अनुगमन ने ब्यापारिलाइ सचेत गराएको छ । उसो त सरकारले स्थानीय तहालाइ बजार अनुगमन गर्ने जिम्मा दिएको छ।यता भने वडा अध्यक्ष कै पसलमा मिति गुज्रिएको बस्तु भेटीएको छ। थाहा नभएको र लगडाउनले अखादयबस्तु आफ्नो पसलमा रहेको बताउनु हुन्छ सिखर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सद्ध बलायरले बताउनुभयो।अब देखि आफु पनि मिति हेरेर राख्ने र अरु लाइ पनि यस्ता बस्तु नराख्न भन्ने उहाले बताउनु भयो।

ब्यापारिलाइ सचेत गराउन र अर्को पटक यस्ता अखाद्य वस्तु र म्याद गुज्रिएको बस्तु नराखोस भन्ने हेतुले बजारमा हेर्दै गएका र यस पटकको अनुगमन प्रचार का लागि मात्र नभएर ब्यापारीमा मुल्य सुची , अखाद्य वस्तु नराखोस भनेर सचेत गराउने र अर्को पटक भेटीए कार्वाही गर्ने गरी अनुगमन गरिएको अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी ले बताउनुभयो।

अहिले पनि उपभोक्ता को अनुहार हेरेर मुल्य निर्धारण भैरहेको छ ।गलत गर्ने लाइ कार्बाही हुनु पर्ने उपभोक्ता को माग छ । मुल्य सकियका बस्तु नराखनकालागी ब्यापारीलाइ समय समय मा जानकारी गराउने उधोग वाणिज्य संघ डोटी का अध्यक्ष मोहन कलेल को भनाइ रहेको छ।आइतवार मात्र सिखर नगर पालिका का बिभिन्न वडामा जिल्ला प्रशासन कार्यालय डोटी, जिल्ला प्रहरी कार्यालय डोटी खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालय डोटी, गुणस्तर तथा नापतौल विभाग डोटी, उधोग वाणिज्य संघ डोटी ले संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।

Shaileshwori
Loading...