पुर्बीचौकी गाउँपालिकाका ६५ जनालाई खाद्यान्न सामाग्री वितरण

डोटीः डोटीको पुर्बीचौकी गाउँपालिका वडा नम्बर १ र ३ का ६५ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
आज सामुदायिक विकास केन्द्र डोटी र वल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित नेपाल कभर परियोजना चरण(२ कार्यक्रम अन्तर्गत कोभीड–१९ महामारी बाट प्रभावित परिवारलाइ सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।
कोरोना भाईरसका कारण दैनिक छाक टार्न समस्या भएका विपन्न र वास्तविक समस्यामा परेकाहरुलाई छनोट गरे अनुसार खाद्यान्न राहात वितरण गरिएको पुर्बिचौकी गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य मन्सरा देबी पार्किले बताउनु भयो ।

बितरण गरेको राहतमा ३० केजि चामल, ३ केजी दाल, दुई लिटर तेल, २ किलो नुन, २ किलो चिनी र चारवटा साबुन सहित प्रत्येक व्यक्तिलाइ तिन हजार ७८ गरि दुई लाख बढिको सामाग्री हस्तान्तरण गरिएको हो ।
राहात पाउनेमा आर्थिक अवस्था कमजोर भएका, दैनक ज्याला मजदुरी गरी खाने परीवार, एकल महीला, अपाङ्घता भएका महिला तथा बालबालीका, जोखीममा परेका बालबालीका, दर्ता गरेका बालबालीका तथा गर्भपती तथा स्थनपान गराइरहेकी महिला रहेका छन्।
सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका सदस्य गोबिन्द खड्काले समुदायमा समस्यामा परेका व्याक्तीलाइ छानेर सहयोग गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो।
कोभिड(१९ ले गर्दा कँयौका रोजगार गुमेका कारण हातमुख जोड्न गाह्रो भएको बेला सहयोग पाउदा केही सहज भएको स्थानियले बताएका छन् । यस अघि सोमबार मात्रै संस्थाले एक सय जनालाइ सायल गाँपालिकामा सामाग्री वितरण गरेको थियोे । अब पुर्विचौकी गाँउपालिकाको वडा २ मा राहत वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
