द सेभेन नेपाल द्धारा दिपायल सिलगढी नगरपालिकामा खाधान्न सामाग्री बितरण

डोटी – दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ का २० जनालाई खाधान्न सामाग्री बितरण सहयोग गरेको छ । कोभीड १९ महामारी बाट प्रभाबित उक्त परीवारलाइ बितरण गरेको छ ।

द सेभेन नेपाल नामक संस्था ले आज सामग्री वितरण गरिएको हो ।कोरना बाट प्रभावित, दैनिक गुजारा चलाउन समेत समस्या भएका,एकल महिला लाइ छानेर ४७ हजार बराबरको सामाग्री बितरण गरेको संस्था का अध्यक्ष गांगी बेलायतले बताउनु भएको छ। भरकरै डोटी जिल्लामा स्थापना गरिएको उक्त संस्था ले आफु संग कुनै आर्थिक कारोबार नभएको देश बिदेशमा रहेका मनकारी ब्याक्ती ले थोरै थोरै संकलन गरेर पठाएको पैसाबाट उक्त सामग्री वितरण गरेको बताउनु भयो।साथै सहयोग गर्ने सम्पुर्ण मनकारी लाई धन्यवाद ब्यक्त गर्नु भयो ।

Sayalb

  

 

 

आर्थिक अबस्था कम्जोर भएका ,दैनीक ज्याला मज्दुरी गरी खाने परीवार,एकल महीला,अपाङ्घता भएका महीला तथा बालबालिका, गर्भपती तथा स्थनपान गराइरहेकी महीला लाइ छनोट गरेर उक्त खाधान्न रहात बितरण गरेकोमा संस्था लाइ धन्यबाद दिदै दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष चक्र माझी ले समस्या भलका जनताले राहात महसुस गरेको बताउनु भएको छ ।

२५ केजि चामल ,३ केजी दाल,१ लिटर तेल,२ किलो नुन,५ किलो पिठो र साबुन बितरण गरेको थियो ‌।

गिट्टी कुटेर जिबिका चलाउदै आएकी एक स्थानीय लाली बिकले यस्तो बेला समस्या भएको थियो उक्त सामग्री ले आफुलाइ राहात भएको बताएका छन्।

Shaileshwori
Loading...