क्यान्सर पिडित पुर्ब वडा सदस्य बमको उपचारका लागि सहयोग गरिदिन अपील

डबल बम/डोटी: जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चनुकाँडा कि पुर्ब वडा सदस्य जिवन देवी बमको आमाशयमा क्यान्सर भएपछी स्वास्थ्य उपचारका लागी सहयोगको अपिल गर्नु भएको छ ।

आर्थिक अबस्था कमजोर भएका कारण सबैलाई सहयोग गरिदिन अनुरोध गर्न् भएको हो । उहाँको श्रिमानको करिब आठ बर्ष पहिले मृत्यु भईसकेको र छोराको एक्लो कमाईले आमाको उपचार असम्भव देखिएको हो । क्यान्सर आमाशयमा भएकोले पुरै शरिरमा फैलिने सम्भावना बढि भएको हुनाले तत्काल किमोथेरापि गरि उपचार गर्नु पर्ने र उपचारमा पाँच , छ लाख खर्च लाग्ने उहाँका ज्वाइँ बम बहादुर चन्दले बताए।

अहिले बमको स्वास्थ्य उपचार वि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा भईरहेको छ ।

Sayalb

उहाँको स्वास्थ्य उपचार मा सहयोग गर्न चाहानेले उहाँका ज्वाइँको सेन्चुरी कमर्सियल बैंक धनगढीको खाता नम्बर ०२९००००९१० C ५, बम वहादुर चन्द  को नाममा पैसा पठाउन सकिनेछ ।

पछिल्लो समयमा मिसन टु सपोर्ट (एम् टी एस्) टिमलाई आएपछि एम् टी एस गुरुपले उहाँको स्वास्थ्य उपचार केही सहजहोस भन्ने ध्यायेले ५ हजार र एम् टी एसकै सक्रिय सदस्य महेन्द्र बमको ब्यक्तिगत तर्फ बाट दुई हजार पाँच सय लगाएर सात हजार पाँच सय सहयोग गरिएको छ ।

जीवन २०४६ सालदेखि नेपाली काङ्ग्रेस मा आबद्ध सक्रिय सदस्य तथा स्थानीय चुनाबमा वडा सदस्य उमेद्वार पनि हुनुहुन्थ्यो। समाजको लागि केही गर्छु भन्ने मनसाय भएकी जीवन आज आफै रोगले ग्रसित  छन्।

Shaileshwori
Loading...