जोरायल गाउँपालीकामा ३० लाख रकम बराबरका बाख्रा बितरण गरिने

नारद नेपाली/डोटी- डोटीको जोरायल गाउँपालीका वडा नंबर २ मेलखोलामा ३० लाख रकम बराबरको बाख्रा बितरण गरिने भएको छ ।

Sayalb

युरोपियन युनियन, डिसयि को आर्थिक सहयोगमा समबिकस केन्द्र डोटी बाट संचालन परिवतर्न परियोजना अन्तरगत मेलखोलाका दलित, गरिब, सिमान्तकृत बर्गको आर्थिक सहयोग होस भन्ने उद्देशयले उक्त वडाका ५८ घर धुरी लाभाम्बीत हुनेगरी खुसि उपहार स्वरुप बाख्रा बितरण गरिने सम बिकास केन्द्रका सुचना अधिकारी पदम मिजारले जानकारी दिएका छन् ।

संञ्चालन कार्यक्रम पश्चात कृष्कहरुलाई कुनै समस्या नहोस भनी बाख्रा पालन बाट पछीसम्म पनि लाभ होस भन्ने उद्देशयका साथ बाख्रा बितरण गरिन लागेको हो ।

शुक्रबार जोरायल गाउँपालीका वडा नंबर २ मेलखोलामा एक कार्यक्रमका बिच बाखा्र बितरणका लागी सरोकारवाला संग छलफल गरिएको छ ।

बाख्र ब्यावस्थापन समिति र बाख्र खरिद समिति गरी २ ओटा समिति समेत गठन गरेको संयोजक परियरले जानकारी दिनुभएको छ ।

जोरायल गाउँपालीका वडानम्बर दुईका वडा अध्यक्ष मान बाहादुर मल्ल को प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बाख्रा पालन कार्यक्रम लाई सहयोग गर्नसाझेदारी अनुसार समबिकस केन्द्र ईडिसि ,वडा कार्यलय र समुहको तर्फबट गरी त्रिपक्षीय सम्झौता समेत भएको छ ।

Shaileshwori
Loading...