प्रजनन् स्वास्थ्यका लागि जनचेतना जगाउदै ‘सामुदायिक अगुवा’

डोटी : कोराना भाइरस कोभिड –१९ को सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सामान्य जनजिवन नै ठप्प जस्तै भएको छ । आवश्यक सेवाहरुको लागि समेत नागरिकले समस्याको सामना गर्नु परेको छ । बन्दाबन्दी नै भएपनि ग्रामीण क्षेत्रमा खेतीपाती, मेलापात भने गर्नै पर्ने बाध्यता छ । मासिक रुपमा समुहमा प्रजनन् स्वास्थ्य, महिला अधिकार लगायतका बिषयमा छलफल चलाउदै आउनु भएकी डोटीको सायल गाउँपालिका –४ की गोल्मा नेपालीले मेलापात र रोपाइमा हुने महिला दिदी बहिनीहरुको जमघटलाइ प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने थलोको रुपमा उपयोग गर्नु भएको छ ।

गोल्मा नेपाली आइपास नेपालको सहयोगमा सामुदायिक बिकास मञ्चले संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रममा सामुदायिक अगुवा (नेचुरल लिडर) को रुपमा कार्यरत हुनुहुन्छ । समुदाय स्तरमा स्वयंसेवक भइ कार्य गर्न ‘नेचुरल लिडर’को रुपमा कार्यरत महिलाहरुले प्रजनन् स्वास्थ्यका बिभिन्न पक्षहरु सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, पोषण, सरसफाइ लगायतका बिषयमा जनचेतना तथा आबश्यकता अनुसार सेवाग्राहीहरुलाइ सम्बन्धीत स्वास्थ्य सँस्थाहरुमा प्रेषण तथा वकालतका लागी कार्य गर्दै आएका छन् ।

गोल्मा जस्तै ‘नेचुरल लिडर’को रुपमा कार्यरत सायल गाउँपालिका –५ की गौरी सुनार ले भन्नुभयो– ‘कोरोनाले गर्दा सबैतिर बन्द छ । छलफलकै लागि भनेर मान्छे जम्मा गर्ने वातावरण छैन । खेतीपाती, मेलापातमा जम्मा भएका दिदीबिहिनीहरुलाइ आफुले जानेका कुराहरु सिकाउने गरेका छौं ।’ सुरक्षित गर्भपतन सेवा कार्यक्रम अन्तरगत डोटी जिल्लाका बिभिन्न सरकारी स्वास्थ्य सँस्थाहरुमा सामाग्री सहयोग, स्वास्थ्यकर्मीहरु र सरोकारवाला निकायको क्षमता बिकासमा सहयोग लगायतका जनचेतना मुलक कृयाकलापहरु सञ्चालन भइरहेका छन् ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रमकी कार्यक्रम अधिकृत दिपा सिंहले भन्नुभयो, ‘पछिल्लो समयमा सूचीकृत स्वास्थ्य संस्थाहरुमा गएर सुरक्षित गर्भपतन सेवा लिनेहरुको सँख्या समेत बढ्दै गएको छ ।’ गर्भपतन गराउनु आफैमा राम्रो नभएको तर्फ जोड दिनुहुँदै अधिकृत सिंहले असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको ज्यान नै ज्योखिममा पर्ने हुँदा सुचिकृत स्वास्थ्य सँस्थामा सुरक्षित रुपमा गर्भपतन गराउन सल्लाह दिने गरेको बताउनुभयो । ‘नेचुरल लिडर’हरुले सरकारी निकायमा प्रजनन् अधिकारकामा जनचेतना अभिबृद्धी गर्न बजेट बिनियोजन लगायतका बिषयमा वकालत समेत गर्ने गरेका छन् ।

Sayalb

सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्नादेवी सिंहले भन्नुभयो,–‘महिला दिदी बहिनीहरुका स्वास्थ्य समस्यालाइ प्राथमिकतामा राख्नु पर्छ भनेर दबाव आउने गरेको छ । अघिल्लो आर्थिक बर्षमा तिन लाख भन्दा बढी रकम प्रजनन् स्वास्थ्यका बिषयहरु सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन सेवा लगायतका बिषयमा जनचेतना जगाउने उद्देश्यले बिनियोजन गरिएको हो ।’

सुरक्षित गर्भपतन गराउनेहरुको सँख्यामा बृद्धी
जिल्लामा गर्भपतन सेवाका लागि सुचिकृत स्वास्थ्य सँस्थाहरुबाट सुरक्षिरुपमा गर्भपतन गराउने महिलाहरुको सँख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराका अनुसार चालु आर्थिक बर्ष २०७७÷०७८ को बैशाख मसान्त सम्ममा ९ सय ९४ जना महिलाहरुले गर्भपतन गराएका छन् । अघिल्लो आर्थिक बर्ष ०७६÷०७७ को १२ महिनाको अवधीमा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए ।

चालु बर्षको दश महिनाको तथ्याँकलाइ हेर्दा अघिल्लो बर्षको तुलनामा यो बर्ष सुरक्षित भर्गपतन सेवा लिने भहिलाहरुको सँख्या बढ्ने देखिएको छ । चालू आर्थिक वर्षमा २० वर्ष मुनिका २८ महिलाले गर्भपतन गराएका छन । गत आर्थिक वर्षमा २० वर्ष मुनिका ४९ जना महिलाहरुले गर्भपतन गराएका थिए ।

महिलाको मञ्जुरीमा १२ हप्ता सम्मको गर्भपतन, जवरजस्ती करणी,हाडनाता, बलत्कारबाट रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा त्यस्तै प्रकृतीको अन्य निको नहुने रोग वा गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा हुन सक्ने अवस्था भएमा २८ हप्ता सम्मको गर्भलाइ गर्भपतन गराउन पाउने कानुनी ब्यवस्था रहेको छ ।

Shaileshwori
Loading...