बोगटान फुड्सिल गाउँपालिका–७ का दुई ओटा खानेपानि योजना पुर्णसरसफाई घोषणा

डोटी : बोगटान फुड्सिल गाउँपालिका–७ का दुई ओटा खानेपानि योजना पुर्णसरसफाई घोषणा भएका छन् । बोगटान फुड्सिल गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपीे) को सहयोगमा बिजाला र गोल्छाका टोलका बुन्नेसिम बहुउदेश्य खानेपानि योजना र छडीखोला खानेपानि योजनालाई शनिवार नौ बुँदे प्रतिवद्धता व्यक्त गर्दै एक कार्यक्रमका बिच पुर्णसरसफाई घोषणा गरिएको हो ।

Sayalb

पुर्ण सरसफाई युक्त गाउँघर हाम्रो शान, व्यक्ति, घर, परिवार र टोलवासीको पहिचान भन्ने मुल नाराका साथ दुई टोलका दुई खानेपानि योजना पुर्ण सरसफाई घोषणा गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना जलस्रोत अधिकृत सुनिल विकले बताउनु भयो । कार्यक्रममा उक्त टोलका आमा समुह र उपभोक्ता समितिलाई गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले पाँच हजार नगद सहित कदर पत्रबाट सम्मान गर्नुभएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक गिता जिसीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिल प्रमुख अतिथि रहनुभएको पुर्णसरसफाई घोषणा कार्यक्रमा जलस्रोत अधिकृत, कार्यपालिका सदस्य, गाउँपालिका स्वास्थ्य इन्चार्ज, वडा सदस्य, कृषि शाखा प्रमुख लगायत टोलका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...