एक हजार बढी बालबालिका लाई स्व–अध्ययन सामग्री वितरण

डोटी- जिल्लाका तिन स्थानिय तहका बाल विकास देखि कक्षा ५ सम्मका १०९१ जना विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालन भईरहेको कभर २ परियोजनाले पुर्विचौकि गाँउपालिका वडा नं. १ मा ४सय ४८ जना, सायल गाँयपालिका वडा ४ र ५ मा ४ सय ७६ जना र आर्दश गाँउपालिका वडा १ मा १सय ६७ गरि जम्मा १हजार ९१ जना वालवालिकाहरु लाई सामग्री प्रदान गरिएको परियोजना संयोजक टंक जोशीले बताउनु भयो ।

कोभिड को समयमा विद्यालय बन्द रहेको र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको समयमा उनीहरुको सिकाई निरन्तरका लागी उक्त सामग्री वितरण गरिएको हो । वाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई प्रदान गरिएको उक्त सामग्रीहरुमा स्व–अध्ययन पुस्तक, कापि, पेन्सील, इरेजर, साईनपेन र सापनर रहेका छन् ।
साथै डोटी जिल्लाका सायल, आदर्श, पुर्विचौकी र दिपायल सिलगढीका जम्मा ७ हजार ५ सय जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको छ । वितरण कार्यक्रम आसाढ २९ गते बाट निरन्तर चलिरहेको जानकारी सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले जानकारी दिनु भयो ।
