स्वास्थ्य कार्यालय डोटीको गतिविधि तथा तथ्यांककाको प्रस्तुतिकरण सम्पन्न

डोटी-स्वास्थ्य कार्यालय डोटीले आर्थिक वर्ष २०७७/७८ मा संञ्चालन गरेका गतिविधिका तथा तथ्यांककाको प्रस्तुतिकरण गरेको छ ।

मंगलबार जिल्ला स्थीत पत्रकार तथा संचारकर्मीहरु संग शैलेश्वरी गेष्ट हाउसमा एक औंपचाारिक कार्यक्रम गरी स्वास्थ्य कार्यलयले उक्त प्रस्तुतीकरण गरेको हो ।

Sayalb

प्रस्तुतिकरणमा चालू आर्थिक वर्षमा डोटीमा स्वास्थ्य क्षेत्रमा भएका सम्पुर्ण गतिबिधीको कार्य बिबरण प्रस्तुत गरेको हो । कार्यालयले गरेका गतिविधि तथा तथ्यांकका बारेमा आम नागरिकलाई सन्देश प्रवाह हुने भएकाले संञ्चारकर्र्मी तथा पत्रकारहरु लाई अबगत गराउने र राय सरहल्लहा ग्रहण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्यब सिंह ठकुल्लाले जानकारी दिनुभयो ।

चालु आर्थीक वर्षमा जिल्लमा जम्मा १६ वटा स्वास्थ्य सँस्थामा सुरक्षीत गर्भपतन सेवा दिने गरिएकोमा अहिले १४ वटामा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालय डोटीका नमित्त कार्यालय प्रमुख ठगुन्नाले जानकारी दिए ।

९ वटै स्थानीय तह रहेकोे डोटीमा सदरमुकाम भएकोले जनसंख्याको चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २ सय ४५ जना र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ५ जनाले सुरक्षीत गर्भपतन गराएका छन । जिल्ला स्वास्थ्य कार्यलय जिल्लाको तथङ्क अनुसार बिभिन्न गर्भवतन सम्बन्धी सेवा दिने संस्थाहरुमा जम्मा १ हजार ७ जनाले सुरक्षीत गर्भपतन गराएका छन । चालु आर्थीक वर्षमा जिल्लामा महिला र पुरुष गरी जम्मा स्थायी बन्ध्याकरण कराउनेको संख्या ३३२ रहेका छन् ।

त्यस्तै कार्यक्रममा कोरोना भाइरस (कोभिड १९) ले देश आक्रान्त भैरहेका बेला डोटी जिल्लामा पनि यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखी स्वास्थ्य कार्यालय डोटीले आफ्ना गतिविधि सञ्चालन गरेको निमित्त कार्यालय प्रमुख उद्वव सिं ठगुन्नाले बताए । कार्यक्रममा स्वास्थ्यकर्मि, जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा संञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...