संस्थागत सुत्केरी हुने महिलाको संख्यामा बृद्धि

किरण धामी/डोटी- डोटीमा संस्थागत सुत्केरी हुने महिलाको संख्यामा बृद्धिहुँदै गएको छ । तिन वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को तथ्यांक हेर्दा क्रमशः ७१, ७२ र ८३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । यो तथ्यांक, स्वास्थ्य कार्यालय डोटीले बुधबार पत्रकारसँग स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरू र प्रगतिको अवस्था आदानप्रदान अन्तरक्रिया कार्यक्रम सार्वजनिक गरेको हो ।

सतप्रतिशत महिलाको स्वास्थ्य संस्थामा सुत्केरी गराउने व्यवस्था गर्न विभिन्न कार्यहरु गरिएपनि लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य कार्यालय डोटीले बताएको छ । पहिलेको तुलनामा बेढेको भएपनि यसको लागि जिल्लाभरी अझै वर्थिङसेन्टर स्थापना गर्नु पर्ने स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धब सिंह ठगुन्नाले बताउनुभयो ।

Sayalb

चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ७ जनाले सुरक्षीत गर्भपतन गराएका छन् । १४ ओटा स्वास्थ्य सँस्थामा उक्त संख्याका महिलाले सुरक्षीत गर्भपतन गराएका हुन् । सबै भन्दा बढी दिपायल सिलगढी नगरपालिकामा २ सय ४५ जना र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ५ जनाले सुरक्षीत गर्भपतन गराएका छन । महिला र पुरुष गरी जम्मा ३३२ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

कोभिड–१९ ले देश आक्रान्त भैरहेका बेला डोटी जिल्लामा पनि यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखी स्वास्थ्य कार्यालय डोटीले आफ्ना गतिविधि सञ्चालन गरेको निमित्त कार्यालय प्रमुख ठगुन्नाले बताए ।
स्वास्थ्य कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको अनर्तक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी, जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा संञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...