रेडक्रस डोटी साखा द्वारा पुर्ब बिपद तयारी सामाग्री हस्तान्तरण

तेजु ओली डाेटी – मनसुन सुरु भए संगै रेडक्रस सोसाइटी डोटी साखा ले पुर्ब बिपद तयारी सामाग्री हस्तान्तरण गरेको छ।नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखा को सहजिकरण तथा पश्चिम विपद् पूर्वतयारी परियोजना ले विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको हो ।

परियोजना संचालन भएको सिखर नगरपालिकाका वडा नं ८, १० र ११ नमबर वडा सहित सिखर नगरपालिका त्यसैगरी पूर्वीचौकी गाउँपालिकाको वडा नं १ र ४ मा रहेको वडा कार्यालय र गाउँपालिका लाई पनि विपद् प्रतिकार्य सामग्री वितरण गरिएको छ । परियोजनाको सहजिकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशिल समितिलाई क्रमश वितरण गरिने रेडक्रस ले जनाएको छ ।
बिभिन्न विपद लाइ समाधान गर्न आवश्यक पर्ने औजार हरु लगायत ब्याक्ती गत सुरक्षा सामाग्री रहेका छन्। जसमा हाप जाकेट,सेल्फ हेल्मेट, माक्स,रेन कोर्ट,लाइफ जाकेट,हेड ल्याम्प,लगायतका ३० वटा बिपद सामग्री हस्तान्तरण गरेको परियोजना फिल्ड कोडिनेटर रबिन ढकाल ले जानकारी दिनुभएको छ।

Sayalb

सिखर नगरपालिकामा पनि सेती नदिको प्रभाव पर्ने भएकाले त्यस्तो विपदमा आइपर्ने समस्या लाइ समाञगर्नको लागि सहयोग पुगोस भनेर सामग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखाका सभापति लक्षीराम कुवँर ले बताउनुभयो।

बितरण गरेका सामाग्री ले आपत विपतमा उदारको लागि सहयोग गर्ने हेतुले दिएको बताउदै जुन हेतुका लागि दिइएको हो सोहि क्षेत्रमा प्रयोग हुनु पर्ने बताउनु भयो। बिपदमा मान्छे ले सामाग्री को लागि आहार गोहार पर्ने बाध्यता हटेको नेरेसो सुदुरपश्चिम प्रदेश समितिका महासचिव देववहादुर वोहराले बताउनुभयो।
सामग्री बुझ्दै नगर पालिका लाइ राहात महसुस भएको सिखर नगरपालिका प्रमुख सिता राम जोसी ले बताउनुभयो। जिल्ला का जुनसुकै ठाउमा आवश्यक पर्दा उपलब्ध गराउने यसको भरपुर प्रयोग गर्ने बताउनु भयो। उक्त सामग्री उपलब्ध गराएको मा रेडक्रस लाइ धन्यबाद समेत दिनु भएको छ।

परियोजना सञ्चालन भएको जिल्ला का दुइ स्थानीय तह पुर्बी चौकी गाउँ पालिका का दुइ वडा सिखर नगर पालिका का तिन वडा सहित १२ वटा सामुदायिक बिपद ब्याबस्थापन समिति लगायर जम्मा १९ लाख रकम बराबरको सामाग्री बितरण गरेको छ

Shaileshwori
Loading...