खेलकुद क्षेत्रको विकास गर्न प्रतिबद्ध छु – नगर प्रमुख मलासी

डोटी– खेलकुदको विकास तथा बिस्तार गर्न नगरपालिका तयार भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासिले बताए ।
सोमवार जिल्ला खेलकुद समितिका नव नियुक्त अध्यक्ष नरेस मलासिको स्वागत तथा पदग्रहण कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

नगरपालिकाले खेलकुद विकासको लागि आवश्यक पर्ने बजेट, खेल मैदान निर्माण तथा अन्य प्राबिधिक पक्षमा सक्दो सहयोग गर्ने बताए । खेलाडी जुनसुकै भए पनि राष्ट्रको गहना भएकोले खेलाडी अनुशासित भयो भने ब्यक्ति, समाज र राष्ट्र कै नाम उच्च रहने मलासिले बताए ।
उनले भने “खेलकुद क्षेत्रको विकास गर्नु नगरपालिका मात्रै नभए सबै स्थानीय तहको दायित्व भएकोले सबै स्थानीय तह खेल क्षेत्र संग सम्बन्धित सबै जिम्मेवार निकायले आफ्नो पराई नभनी निष्पक्ष रुपमा लाग्नुपर्दछू ।”
स्वास्थका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको शभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
