डोटीमा एक काङ्ग्रेस वडा सदस्य एमालेमा प्रवेश

प्रेम नेपाली/डोटी 
डोटीमा नेपाली काङ्ग्रेसबाट निर्वाचित एक वडा सदस्य काङ्ग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा रहेकै बेलामा भएर पनि आदर्श गाउँपालिका वडा नम्बर ६ गिरीचौकाका वडा सदस्य राम बहादुर अधिकारी (बादल) भने एमालेमा प्रवेश गरेका हुन् ।
४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले प्रवेश गरेका वडा सदस्य अधिकारीलाई सिलगढीस्थित पार्टी कार्यालयमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल लगाएत जिल्ला नेताहरुले टीका, माला र अविर लगाएर भव्य स्वागत गरेका छन् ।
अधिकारीले वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा सदस्य पदमा ५६५ मत लिएर विजयी भएका थिए ।
वडा अध्यक्ष र तीन जना वडा सदस्य नेकपा एमालेले विजय हासिल गरेको आदर्श गाउँपालिका वडा नम्बर ६ मा अधिकारी एक जनाले मात्रै काङ्ग्रेसबाट जितेका थिए ।

Sayalb

एमाले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाको वातावरण रहेको अवस्थामा पनि देशमा एमाले पार्टी नै आवश्यक हो भन्ने ठानी वडा सदस्य अधिकारीले एमाले प्रवेश गर्नुले देशमै एमाले पार्टीको आवश्यकता रहेकोे फरक एवं महत्त्वपूर्ण अर्थ दिने एमाले अध्यक्ष चक्र मल्लले बताए ।

आफ्नो राजनीतिक जीवनमा एमाले पार्टीले बोकेको सिद्धान्त, नीति र विचार महत्त्वपूर्ण ठानेर एमाले नै संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्वपूर्ण शक्ति भएकोले एमाले प्रवेश गरेका रामबहादुर अधिकारीले बताए ।
साथै आगामी दिनमा एमाले पार्टीको हितमा आफुले प्रतिबद्ध भएर लाग्ने उनले दृढता व्यक्त गरे ।

Shaileshwori
Loading...